यौन दुर्व्यवहारको आरोपी एसएसपी पक्राउ



१८ माघ २०७६, काठमाडौं

यौन दुर्व्यवहारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार अबेर परेको किटानी जाहेरीपछि उनलाई नियन्त्रणमा लिने तयारी गरिएको थियो। हिजो नै पक्राउ गर्ने बताइए पनि उनलाई आज मात्रै धरानमा रहेको संघीय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ।
♦ यौन शोषणको आरोपमा एसएसपी निलम्बित
एसएसपी राणा पक्राउबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले नेतृत्वको टोलीले एसएसपी राणालाई पक्राउ गरेको स्रोतको भनाई छ।

राणामाथि यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान हुनेछ। एसएसपी राणालाई झापाकी एक युवतीले आफुलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्