दिपिकाले बनाएको ‘टिकटक’ प्रति आक्रोशित हुदैँ कगंनाले भनिन् : ‘माफी माग’



०७ माघ २०७६, काठमाडौँ

दिपिका पादुकोण चलचित्र छपाक ले बलिउडमा कमाल देखाउन सकेन । रिलिजपूर्व निकै विवादमा परेको यो चलचित्र रिलिज भएपछि पनि विवादमा आइरहेको छ । दिपिका पादुकोणले केहीदिन अघि एक मेकअप आर्टिस्टलाई केही आफूले खेलेका चलचित्रका लुक्स बनाउन भनेकी थिइन् । जहाँ उनले ओम शान्ति ओम, पिकु र छपाक लुक्स बनाउन अराएकी थिइन् । ती मेकअप आर्टिस्टले सबै लुक्स बनाइन् । उक्त भिडियो टिकटक मा सर्वाधिक भाइरल भयो ।

जसका कारण दिपिका फेरि एकपटक विवादमा आएकी छिन् । सबैले दिपिकालाई एसिड आक्रमण जस्तो संवेदनशील घटनालाई मजाकको रुपमा उडाएको भन्दै उनलाई गाली गरिरहेका छन् । यसैबिच नायिका कगंना रणावतले पनि यसबारे आक्रोश पोखेकी छिन् । साथै उनले एसिड आक्रमणबारे मेकअप लुक बनाउनु असाध्यै गलत काम भएकाले यसका लागि दिपिकाले माफी माग्न आवश्यक रहेको पनि बताएकी छिन् ।

स्मरण रहोस् कगंनाकी दिदी पनि एसिड आक्रमणमा परेकी थिइन् । जसका कारण यस कुराले कगंनालाई फरक पर्यो ।

भिडियोबाट आहत भएकी कंगना रनौतले अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरी दिदी एसिड आक्रमणमा परेकी थिइन् र म दीपिका पादुकोणको यो भिडियोबाट निकै आहत भएकी छु । ’ कंगना रनौतले थपेकी छिन्, ‘यो निकै असंवेदनशील भिडियो थियो र दीपिका पादुकोणले यो कुनै न कुनै कारणसहित नै बनाएको हुनुपर्ने आशा व्यक्त गरेकी छिन् ।’

प्रतिक्रिया दिनुहोस्