पहिलो पटक प्रेमीसँग म्यूजिक भिडियोमा देखिदैँ साम्राज्ञी



०७ माघ २०७६, काठमाडौँ

साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला फुर्सदमा छिन् । उनी आफ्नो परिवार र प्रेमीसँग समय बिताइरहेकी छिन् । यसैबिच साम्राज्ञीले प्रेमी देवांश राणासँग एक म्यूजिक भिडियोमा काम गरेकी छिन् ।

साम्राज्ञीले आजसम्म म्यूजिक भिडियोमा काम गरेकी थिइनन् । तर आफ्नै आमाले गाएको गीत भएर होला उनले प्रेमी देवांशसँग पहिलो पटक म्यूजिक भिडियोमा काम गरेकी छिन् । साम्राज्ञीले सामाजिक सञ्जालमा उनको र देवांशको तस्बिर सार्वजनिक गर्दै यो कुराको जानकारी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्