फागुनबाट प्रशारण हुदैँ ‘डान्सिङ विथ द स्टार’



०५ माघ २०७६, काठमाडौँ

विश्वका विभिन्न देशमा लामो समयदेखि चल्दै आएको डान्सिङ विथ द स्टार अब नेपालमा पनि सुरु हुने भएको छ । यो शो लाई विश्वका विभिन्न देशले आफ्नै नाम दिएका छन् । भारतमा पनि यो रियालिटी शो झलक दिखला जा को रुपमा निकै लोकप्रिय छ ।

डान्सिङ विथ द स्टार फागुनबाट टेलिभिजनमा प्रशारण हुने बताइएको छ । यो शो हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ । यो रियालिटी शो मा डान्सर मात्र आउछन् भन्ने होइन, मोडल, पत्रकार, व्यवसायीहरु पनि यस शो मा भाग लिन पाउनेछन् ।

यो शोमा २४ जना प्रतिस्पर्धी सहभागी हुनेछन् । जसमध्ये १२ जना स्टार र ती १२ जना स्टारका लागि १२ जना कोरियोग्राफर हुनेछन् । एक स्टार(एक कोरियोग्राफर जोडीले शोमा प्रतिस्पर्धा गर्नेछन् ।

निर्देशक पौड्यालले भने, ‘विशेष गरी दर्शकले कुन स्टारलाई नाचेको हेर्न चाहनुहुन्छ, हामी उहाँहरुलाई छनोट गर्नेछौं । यो शोमा नाच्नै नजान्ने स्टार पनि सहभागी हुन सक्नेछन् । यसको छनोट प्रक्रिया हामी सुरु गर्दैछौ ।’

प्रतिक्रिया दिनुहोस्