कान्छी आमासँग अवैध सम्बन्धपछि बुवाको हत्या



२६ पुस २०७६, भोजपुर

भोजपुरमा कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन छोराले आफ्नै बुवाको हत्या गरेको अभियोगमा, प्रहरीले श्रीमती र छोरालाई पक्राउ गरेको छ ।

प्रहरी कार्यालय भोजपुरले शुक्रबार पत्रकार सम्मेलन गरी ८८ वर्षीय दलबहादुरको हत्यामा संलग्न राईकै कान्छी श्रीमती ५६ वर्षीया कर्णशोभा राई र छोरा ६५ वर्षीय हरीबहादुर राईलाई सार्वजनिक गरेको हो।

गत असोज २५ गते दसैंको टिका थापेर श्रीमतीसँगै घर फर्किने क्रममा बेपत्ता दलबहादुरको गत मंसिर १ गते आम्त्तेककै अड्डेडाँडा छेउको सोहन खोलामा कङकाल फेला परेको थियो। अभियुक्तहरु हरीबहादुर र कर्णशोभा राईबीच अनैतिक सम्बन्ध भएकाले पूर्व योजना अनुसार हरीबहादुरले बुवाकोे घाँटि थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिएका छन् ।

त्यस्तै सोहि घटनामा संलग्न २८ वर्षीय सन्तोष विक र २१ वर्षीय नारायण विकलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुले घटना स्थलबाट करिब ३ घण्टाको पैदलमा शवलाई डोकोमा बोकेर खोलासम्म लगेर फाल्नका लागि सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुलाई अभियुक्त हरीबहादुरले पाँच हजार दिएर शव फाल्न लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्