सडक दुर्घटनाको स्थिति भयावहः पछिल्लो १९ दिनमा १३७ को मृत्यु



२० मंसिर २०७६, काठमाडौं

सडक दुर्घटना दिनानुदिन बढ्दै गइरहेको छ।

सडकको दूरावस्था, सवारी धनी, चालक र यात्रुको लापरबाही तथा सरकारी गैरजिम्मेवारीका कारण सवारी दुर्घटना र त्यससँग सम्बन्धित घटना बढिरहेका छन्।

हाल नेपालमा एकदिनमा ३० देखि ४० वटा सवारी दुर्घटना हुने गरेको छ। जसमा दैनिक ७ जनाको मृत्यु हुन्छ भने १० जना घाइते हुने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ।

नेपाल प्रहरीको यो तथ्यांक हेर्दा वार्षिक १४ हजारभन्दा बढी सवारी दुर्घटना भइरहेका छन्। वार्षिक सवारी दुर्घटनामा २ हजारभन्दा बढीले ज्यान गुमाउनुपरेको छ भने ४ हजारभन्दा बढी घाइते भएको तथ्यांकले देखाएको छ ।

अझ मृत्यु हुनेमा ३० प्रतिशत बालबालिका रहेका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार १९ मंसिरसम्मको मृत्युको डाटा

प्रदेश १ मा १६ जना

प्रदेश २ मा ३१ जना

प्रदेश ३ मा १६ जना

प्रदेश ४ मा २२ जना

प्रदेश ५ मा ३० जना

प्रदेश ६ मा ४ जना

प्रदेश ७ मा ८ जना

उपत्यकामा १० जना

सांकेतिक/फाइल तस्वीर

तथ्यांक श्रोतः रातोपाटी

प्रतिक्रिया दिनुहोस्