अनन्या भन्छिन्, ‘कार्तिक र मेरो जोडी मिलेको छ’



२८ कार्तिक २०७६, काठमाडौँ

कार्तिक आर्यन र अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र पति, पत्नि और वो रिलिजको तयारीमा रहेको छ । गीतसंगीत र ट्रेलरबाट दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको चलचित्र पति, पत्नि और वो लाई लिएर अनन्या र कार्तिक निकै उत्साहित रहेका छन् ।

यस्तै चलचित्रको प्रमोशनको क्रममा नायिका अनन्या पाण्डेले कार्तिकको मुक्तकण्ठले प्रशसां गरेकी छिन् । उनले कार्तिक एकदमै कियरिङ र सहयोगी भएको बताएकी छिन् । साथै उनले कार्तिकसँग काम गर्दा निकै रमाइलो भएको पनि बताइन् । उनले कार्तिक र आफ्नो जोडी राम्रो देखिने बताउन भ्याइन् ।

अनन्या र कार्तिकको अफेयर चलिरहेको कुरा पनि बजारमा नआएको होइन । तर अनन्या र कार्तिकले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यस्तै कार्तिकको सारा अली खानसँग पनि अफेयर भएको कुरा बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्