ब्लड प्रेशर लो भएमा यसो गर्नुहोस्



०९ असोज २०७६, काठमाडौं

प्रायः मानिसले लो ब्लड प्रेसरलाई त्यती गंभिरतापूर्वक लिदैनन्। जति हाइ ब्लड प्रेशरलाई लिने गर्छन्।

उच्च रक्तचाप भएजस्तै कतिपय मानिसलाई ब्लड प्रेसर लो पनि हुने गर्दछ।

रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाहै नहुन सक्छ।

यदि तपाईँ आफु अर्थात आफ्नो परिवार ब्लड प्रेसर लो भएको समस्या छ भने ध्यान दिनहोस् यी कुराहरुमाः

उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कमः

न्यून रक्तचाप भएको मानिसले सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खानु हुँदैन।

कार्बाहाइड्रेटयुक्त खानेकुरा घटाउदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्ने चिकित्सकहरुको भनाई छ।

नूनको मात्रालाई अनुगमनः

रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी मानिन्छ। तर रक्तचाप कम भयो भन्दैमा नुनको मात्रा बढाउनु मुर्खता हो।

नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ र विभिन्न अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ।

चिकित्सकहरुका अनुसार दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ।

मदिरा त्याग्ने र बढी पानी पिउनेः

मदिराको सेवनले रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ। हरेक १० ग्राम रक्सीको सेवनले तपाईँको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ।

तर न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगर्नुहोस। अत्यधिक अल्कोहलको मात्राले डिहाइड्रेसन ल्याउछ र झन् रक्तचापको मात्रा घट्ने चिकित्सकहरु बताउँछन्।

बरु प्रशस्ता मात्रामा पानी पिउनुहोस जसले रक्त प्रबाह सशक्त र तीब्र हुन्छ। शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ।

पटक–पटक खाना खानुहोसः

रक्तचाप न्यून भएका मानिसहरुमा खानापछि हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकै पटक धेरै खाना खानुहुँदैन।

बरु हरेक दुई–दुई घन्टाको फरकमा थोरै–थोरै खानु लाभदायिक मानिन्छ।

तातो पानी र स्टिम नलिनुहोसः

लामो समयसम्म तातो पानीले नुहाउदा वा वाफ लिदा आँखा धमिलो हुने र हल्का टाउको दुख्ने हुन्छ।

तसर्थ आरामदायी वाथ ट्युबमा सुतेर तातो पानीले नुहाउहुँदैन। बरु यसको सट्टा कुर्चीमा बस्दा राम्रो हुन्छ।

सकभर कुर्चीमा बसेर नुहाउने र कुर्चीबाट उठ्दा पैतला तथा खुट्टालाई एक पटक हल्का दबाएर मात्र उठ्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्