‘कबिर सिंह’ को सफलतापछि साहिदले बढाए पारिश्रमिक



०५ असोज २०७६, काठमाडौँ

कबिर सिंह २०१९ को ब्लकबस्टर बलिउड फिल्म हो । यो चलचित्रमा साहिदको अभिनयको चौतर्फी चर्चा भएको थियो । कबिर सिंहले निकै धमाकेदार व्यापार गरेपछि साहिद कपुरले आफ्नो पारिश्रमिक पनि बढाएका छन् ।

यस्तै कबिर सिंह पछि कुनैपनि चलचित्र साइन नगरेका साहिदले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । जसको लागि उनले निकै महंगो पारिश्रमिक बुझेका छन् । प्राप्त जानकारी अनुसार उनले साइन गरेको नयाँ चलचित्रको लागि साहिदले ३५ करोड लिएका छन् भने चलचित्रको नाफाको २० प्रतिशत पनि मागेका छन् ।

हिदले तेलुगू नायक नानीको सुपरहिट फिल्म जर्सीको हिन्दी रिमेकका लागि स्विकारोक्ति दिएका छन् । यो फिल्मलाई अमन गिल, अल्लू अर्जुन र निर्माता दिल राजू मिलेर बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्