खानुहोस् भिजाएको मेथीः जसले छालालाई स्वस्थ राख्नका साथै गर्छ क्यान्सरको निदान



२३ भदौ २०७६, काठमाडौं

मानिस आफु स्वस्थ रहन हरेक कुरामा ध्यान दिन आवश्यक हुन्छ।

सरसफाईदेखि लिएर खानपान उत्तिकै ध्यान दिन सक्यौं भने हामी स्वस्थ जीवन जिउन सक्छौं।

स्वस्थकर खानपानमध्ये मेथीदाना पनि एक हो।

मेथी स्वादको लागि मात्रै नभई स्वास्थ्यको लागि निकै फाईदाजनक मानिन्छ।

मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाईन्छ।

यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने चिकित्सकहरुको भनाई छ।

त्यसैले जान्नुहोस्ः भिजाएकोे मेथीको फाईदाको बारेमाः

ग्याष्ट्रिकः

मेथी दाना भिजाएर नियमित रूपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट छुटकारा पाउन सकिने चिकित्सकहरुको भनाई छ।

जलन र एसिडिटी पनि हुनबाट बचाउँछ।

सुगरः

मेथीदानामा पाइने सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने चिकित्सकहरुको भनाई छ।

मृगौलाः

मेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ। जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्याउछ।

हृदयघातः

मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ।

बलियो पाचनप्रणालीः

नियमित भिजाएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ। कब्जियतसहित पेटका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ।

स्वस्थ छालाः

मेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ। चायाँ, पोतो, डण्डीफोरबाट बचाउने चिकित्सकहरुको सुझाव रहेको छ।

पायल्सः

हरेक दिन भिजाएको मेथीदानाको सेवनले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ।

जसले पायल्सको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।

पिसाबको समस्याः

मेथीको दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्याबाट पनि छुटकारा सकिने चिकित्सकहरुको भनाई छ।

रक्तचाप नियन्त्रणः

सधैँ भिजाएको मेथीको सेवनले रक्तचाप नियन्त्रण गर्नका साथै अन्य समस्याहरुबाट पनि छुटकारा पाउन सकिन्छ।

कोलेस्ट्रोल कम गर्छ:

कोलेस्ट्रोल कम गर्नुको साथै क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो।

प्रतिक्रिया दिनुहोस्