थाहा पाउनुहोस्ः जसले तपाईको शरिरमा कहिल्यै रोग लाग्न दिदैंन



०८ भदौ २०७६, काठमाडौं

दिन–प्रतिदिन मानिस रोगी बन्दै जानुको मूख्य कारण आफ्नै कमी–कमजोरी पनि एक हो।

मानिस आफ्नै खराब जीवनशैलीका कारण अनकौ रोगको शिकार बन्न पुगिरहेका हुन्छन्।

पछिल्लो समय वातावरण प्रदूषण पनि स्वास्थ्य चुनौती बन्दै गएको विज्ञहरुको भनाई छ।

अर्कोतिर मानिसले खाने अधिकांश खानेकुरा विषाक्त तथा यावत् कारणले हामी जिर्ण,रोगी हुँदै गईरहेका हुन्छौं।

जसमा पनि हाम्रो दैनिकी विहान उठेदेखि राती सुत्नेबेलासम्म हामी अनेकौ दौडध्रुपमा हुने गर्छौं।

प्रायः नेपालीहरु पैसा, परिवार, भविष्या इत्यादिका चक्करमा आफ्नो स्वास्थ्यलाई भने वेवास्ता गरिरहेका हुन्छन्।

यसरी काम र कमाईको चक्करमा नत खाने समय, नत सुत्ने तालिका नत उठ्ने।

त्यसैले, यस्तो अवस्थामा आफुलाई स्वस्थ अनि फिट राख्ने यी जानकारी तपाईहरुको लागि!

खानामा हरियो सागसब्जी:

हामी कस्तो खाना खाने? भन्ने कुरा सबै हाम्रो आफ्नै हात छ।

प्रशस्तै मात्रामा हरियो सागसब्जीको सेवन गर्नुहोस्।

हरियो सागसब्जीमा फाइबरको राम्रो स्रोत हुने भएकाले यसले पाचन पद्धतीमा सहयोग गर्दछ।

तर…..

हामी आफुले ख्याल राख्नुपर्ने कुरा के हो भने प्रायः जसो सागसब्जीमा विषादी प्रयोग गरिएको हुन्छ।

त्यसैले सम्भव भएसम्म आफ्नो लागि आफ्नै बारी, बगैंचामा सागसब्जी उत्पादन गर्नु उचित मानिन्छ।

यदि, बजारबाट नै खरिद गरिएको हो भने पनि आधा घण्टा जति सफा पानीमा डुबाएर राख्न भुल्न हुँदैन।

दश हजार कदम हिडौँः

समयको परिवर्तनसँगै सबै मानिस हिड्नका लागि जाँगर चलाउँदैनन्।

अझ, त्यही आफ्नो सागसब्जी नै किन्न परेपनि मानिस गाडी चढेर अर्थात गाडी चलाएर जान्छन्।

अर्काे कुरा मानिसको सोच,विचार के हुन्छ भने पैदल हिड्दा समयको खर्च हुन्छ।

त्यसैले छिटो–छरितोको लागि मानिस छोटो यात्राको लागि पनि गाडी नै चड्ने गर्छन्।

तर…

यस्तो वाणी कदापी राम्रो मानिदैन।

जुन वाणीले मानिस दिन–दिनै रागी बन्दै गईरहेको हुन्छ।

मानिस दिनमा आफु स्वस्थ र फिट रहनका लागि कम्तीमा पनि दशहजार कदम हिड्नैपर्ने विज्ञहरुले खुलासा गरेका छन्।

सुत्ने समय निश्चित:

प्रायः युवावस्थाको मानिसहरु राती ११–१२ बजेसम्म टिभी,सामाजिक सञ्जालतिर समय विताईरहेका हुन्छन्।

एक अध्ययनका अनुसार राती अबेरसम्म यसरी बस्नु र विहान ढिला उठ्नु भनेको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ।

किनभने स्वस्थ्य जीवनका लागि सुत्ने र उठ्ने समयको तालिका हुनु जरुरी हुन्छ।

अध्ययनका अनुसार,राती चाडै सुत्नु र बिहान सबेरै उठ्नु स्वस्थ्य जीवनको सूत्र हो।

खाना चपाएर मात्रै खानेः

प्रायः मानिसको सोचाई खाना खाँदा धेरै समय खर्चिनुहुँदैन।

तर…..

जुन सोचाई स्वास्थ्यको लागि राम्रो मानिदैन।

मानिसको जीवनको उर्जा, शक्ति, ताकत भनेकै खानाबाट मिल्ने भएकाले समग्र शरिरको निर्माण र सञ्चालनमा खानको महत्वपूर्ण भुमिका रहन्छ।

त्यसो त खाना खाँदा खेरि एकदमै आरामदायी पटक्कै हतार नगरी प्रशन्न, खुसी, आनन्दित हुँदै खुब चपाएर मात्रै खानुपर्ने वैज्ञानिकहरुको भनाई छ।

भोक लागेको भन्दा कम खानेः

कनिजना मानिसको वाणी हुन्छ।

भोक लागेको अत्यधिक खाना खाने।

धेरै अर्थात मिठोमसिनो खाने व्यक्ति रोगको शिकार बन्न पुग्छन्।

लामो आयु बाँच्ने एक बृद्धाले भनेकी थिइन्, ‘थोरै खाउँ, धेरै बाँच ।’ धेरै खानु स्वास्थ्यका लागि फाइदाजनक मानिदैन।

धेरै खादैमा शरिरलाई आवश्यक पोषण पुग्छ भन्नु एउटा भ्रम हो।

बरु पेटभर खानेकुरा खाँदा त्यसले पाचन प्रक्रियामा असर गर्ने अध्ययनले खुलाएको छ।

प्रतिक्रिया दिनुहोस्