प्रियंका ब्युटि पार्लर जादाँ किन रिसाए पल ?



२५ जेठ २०७६, काठमाडौँ

प्रियंका कार्की र पल शाह दुवै नेपाली चलचित्र जगतका नाम चलेका कलाकार हुन् । दुवैले एकसाथ चलचित्र र थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । भर्खरै मात्र पल र प्रियंकाको नयाँ गीत रिलिज भएको छ ।

श्रमिक बरालको शब्द र दिपक शर्माको संगीत रहेको ब्यूटि पार्लर बोलको गीतमा मेलिना राई र ध्रुव विश्वको आवाज रहेको छ । गीतमा प्रियंका पार्लर जादाँ पललाई परेको तनावलाई देखाइएको छ । निकै रमाइलो शैलीको गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्