मलाई सलमान र शाहरुखसँग तुलना गर्न मिल्दैन : रणवीर सिंह



०२ फागुन २०७५, काठमाडौँ

रणवीर सिंह बलिउडका निकै चर्चित अभिनेता हुन् । उनले बलिउडमा थुप्रै सफल चलचित्र दिएका छन् । अझ उनको विशेषता के छ भने उनी हरेक चलचित्रमा आफूलाई फरक ढङगले प्रस्तुत गर्छन्  । जसका कारण उनको अभिनयको दर्शकले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

हाल उनी आफ्नो चलचित्र गल्ली ब्वाई को प्रमोशनमा व्यस्त छन् । चलचित्र गल्ली ब्वाई आजबाट प्रदर्शनमा आएको छ । पछिल्लो समयमा रणवीरले पाएको सफलतालाई शाहरुख र सलमानसँग तुलना गर्न थालिएको छ । यसैबीच रणवीरले यसबारे जवाफ दिएका छन् ।

रणवीरले आफूलाई सलमान र शाहरुखसँग तुलना गर्न नमिल्ने बताए । उनले आफूभन्दा धेरै पहिले सलमान र शाहरुख बलिउडमा आएको र बलिउडमा निकै योगदान दिएको बताए । रणवीरले सायद सलमान र शाहरुखले पाएको सफलता अरुले पाउन नसक्ने समेत बताए । उनले आफू शाहरुख र सलमानको अगाडी निकै जुनियर भएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्