‘दबंग ३’ मा पनि ठुम्का लगाउँदै करिना



२८ माघ २०७५, काठमाडौँ

बलिउडमा चलचित्रको सिक्वेल बनाउने प्रचलन पहिलेदेखि नै चलेको हो । बलिउड चलचित्रमध्ये सलमान खानको दबंग पनि सुपरहिट चलचित्र हो । दबंग पछि दबंग २ पनि रिलिज भयो । दबंग २ पनि दबंग झैँ सफल साबित भयो । अब यसका निर्माताले दबंग ३ पनि बनाउने भएका छन् ।

दबंग र दबंग २ मा झैँ दबंग ३ पनि मुख्य भूमिकामा सलमान र सोनाक्षी नै देखिदैँछन् । त्यस्तै दंग २ मा बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले फेबिकल से बोलको गीतम ठुम्का लगाएकी थिइन् । जुन गीत निकै हिट पनि भएको थियो ।

करिना कपुर दबंग ३ को पनि एक गीतमा देखिने भएकी छिन् । दबंग ३ को एक आइटममा करिनाले डान्स गर्न लागेकी हुन् । यसबाहेक करिना अन्य केही चलचित्रमा पनि व्यस्त हुने भएकी छिन् । चलचित्र दबंग को छायांकन मार्च बाट सुरु हुने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्