राहुल र अलिशाको नयाँ गीत रिलिज (भिडियो सहित)



१७ माघ २०७५, काठमाडौँ

राहुल शाह नेपालका निकै चर्चित कोरियोग्राफर हुन् । उनले मन मगन गीतबाट दर्शकमाझ आफ्नो राम्रो छाप छोडेका छन् । अहिले उनी सर्वाधिक व्यस्त र डिमाण्डेड पनि बन्दै गएका छन् । त्यस्तै अलिशा शर्मा पनि अहिलेकी टप डान्सर र मोडल हुन् ।

राहुल र अलिशाले एकसाथ थुप्रै गीतम काम गरिसकेका छन् । भर्खरै मात्र यी दुईको नयाँ गीत रिलिज भएको छ । आनन्द अधिकारीको शब्द र आशिस अभिरलको संगीत रहेको कर्के नजर बोलको गीतमा सन्जिव पराजुली र टिका प्रसाइको आवाज रहेको छ ।

निकै डान्सिङ शैलीको गीतलाई राहुल शाहले कोरियोग्राफी गरेका हुन् । गीतमा अलिशा रराहुल स्वयम फिचर्ड छन् । उक्त गीतलाई पवन सुस्लिङले खिचेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्