नेपाल आइडलका विजेता रवि ओडको अष्ट्रेलियामा धमाकेदार प्रस्तुती (भिडियो)



१६ माघ २०७५, काठमाडौँ

आफ्नो पहिलो अन्तराष्ट्रिय टुर जापानमा गरेर नेपाल आइडल टिम यतिबेला अष्ट्रेलिया पुगेको छ । अष्ट्रेलियाको सिड्नीमा भएको सांस्कृतिक कार्यक्रममा लागि नेपाल आइडलका टप ६ प्रतियोगी यतिबेला सिड्नीमा छन् ।

रवि ओडले जापानमा पनि आफ्नो प्रस्तुतीले दर्शक झुमाएका थिए । उनले सिड्नीमा पनि आफ्नो प्रस्तुतीले दर्शकलाई निकै नै प्रभावित बनाएका छन् । सबै प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिएका थिए । तर रवि ओडको प्रस्तुतीमा दर्शकले धेरै साथ दिएका थिए ।

रविले आफ्ना दर्शकले मन पराएका गीत गाएर सिड्नीको माहोल नै तताइदिएका थिए । रविसँगै अन्य ५ प्रतिस्पर्धीले पनि दर्शकलाई राम्रोसँग नचाउन सफल भए । अब केहिदिनमा नै यो टोली स्वदेश फर्कदैँ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्