तेरियापछि अब सुजनलाई जिताउने हाम्रो पालो



१६ माघ २०७५, काठमाडौँ

सुजन मार्पा तामाङ अब चिन्नको लागि नौलो नाम होइन । उनले डान्स इन्डिया डान्स मा गएर आफूलाई स्थापित गरिसकेका छन् । उनी डान्स इन्डिया डान्स मा टप ६ सम्म पुग्न सफल भएका थिए । उनी भोट कम भएका कारण डान्स इन्डिया डान्स बाट आउट भएका थिए ।

अहिले फेरि सुजन भारतको अर्को चर्चित रियालिटि शो डान्स प्लस मा गएका छन् । उनले सुरुवातदेखि नै डान्स प्लसमा आफ्नो राम्रो प्रस्तुतीले जर्जहरुको मन जित्दै आएका थिए । आफ्नो बेजोड प्रस्तुती र जनताको भोटले सुजन डान्स प्लस को फाइनलमा पुग्न सफल भएका छन् ।

पछिल्लो समयमा इन्डियन रियालिटि शो हरुमा नेपालीको वर्चस्व बढी छ । केहिबर्ष अघि नेपालकी चेली तेरिया मगरलाई नेपालीले अत्याधिक भोट दिएर दुई इन्डियन चर्चित शो को विजेता बनाएका थिए । त्यस्तै प्रशान्त तामाङले पनि इन्डियन आइडल जितेका थिए । अब हामीले सुजनलाई पनि जिताउने पालो आएको छ ।

सुजनले फाइनलमा पुगेर पुरा नेपाललाई नै भारतमा परिचित गराएका छन् । उनले जित्नु नेपालको लागि पनि गर्वको कुरा भएकाले हामीले सुजनलाई सक्दो भोट गरेर डान्स प्लसको विजेता बनाउनु जरुरी छ । सुजनले पनि सम्पूर्ण नेपालीलाई आफूलाई भोट गरिदिन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्