पल शाह र अलिशा राईको नयाँ गीत रिलिज



१६ माघ २०७५, काठमाडौँ

पल शाह नेपालका सफल नायक मात्र नभएर सफल मोडल पनि हुन् । उनी चलचित्रमा भन्दा धेरै पहिले मोडलिङमा सफल भएका थिए । त्यस्तै अलिशा राई पनि नेपालकी टप मोडल हुन् । उनी म्यूजिक भिडियोमा निकै व्यस्त हुने गर्छिन् । पल र अलिशाले एकसाथ केहि म्यूजिक भिडियोका काम गरिसकेका छन् । भर्खरै मात्र यी दुईको नयाँ गीत रिलिज भएको छ ।

प्रतिमा शर्माको शब्द र सुदन गैरेको संगीत रहेको सानी बोलको गीतमा आवाज पनि सुदन गैरेकै रहेको छ । गीतमा पल र अलिशालाई फिचरिङ गराइएको छ । निकै डान्सिङ शैलीको गीतलाई चर्चित कोरियोग्राफर गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्