म पहिले ज्यादै पढन्ते थिए : साराअली खान



१६ माघ २०७५, काठमाडौँ

साराअली खान बलिउडकी स्थापित नायिका बनिसकेकी छिन् । उनले चलचित्र केदारनाथ बाट बलिउडमा डेब्यु गरेकी हुन् । डेब्यु चलचित्रबाट नै उनले निकै सफलता पाइन् । उनको दोस्रो चलचित्र सिम्बा मा पनि दर्शकले उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । लगातार दुई हिट फिल्म दिएपछि अहिले साराको व्यस्तता निकै बढेको छ ।

साराले एक अन्तवार्तामा आफ्नो आन्तरिक जीवनको बारेमा केहि कुरा बताएकी छिन् । उनले अभिनय आफ्नो सानैदेखिको सपना भएको बताइन् । उनले आफूलाई अभिनयमा रुचि भएको तर आफू निकै पढन्ते भएकाले खाली पढीमात्र रहने बताइन् । उनले पढाइको समयमा आफ्नो फिल्ड अभिनय नभएकाले अभिनय गर्न नसक्ने महशुस हुने गरेको बताइन् ।

उनले धेरै विषयमा ज्ञान हासिल गरिसकेकी छिन् । उनले आफ्नो ज्यादै पढ्ने बानीका कारण आमाले हातबाट किताब समेत थुत्ने गरेको बताइन् । साराले आफू ज्यादै मोटी र पढन्ते भएकाले बलिउडमा आउन कठिन हुन्छ कि भन्ने महशुस हुने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्