यसकारण मागे कपिल शर्माले मोदीसँग माफी……



१६ माघ २०७५, काठमाडौँ

कपिल शर्मा भारतका चर्चित कमेडियन हुन् । उनलाई किङ्ग अफ पनि भन्ने गरिन्छ । उनको चर्चित शो द किप शर्मा शो केहिसमय बन्द भएको थियो । तर अहिले फेरि उनको शो सुरुवात भएको छ । शो लाई दर्शकले निकै रुचाइ पनि रहेका छन् ।

केहिसमय अिघ कपिलले आफ्नो ट्वीटरमा एक पोष्ट गरेका थिए । जहाँ उनले आफ्नो घर बनाउदाँ मोदीलाई ५ लाख घुस दिएको बताएका थिए । जसका कारण उनी निकै आलोचित पनि बन्न पुगे । उनले त्यस्तो ट्वीट हालेपछि मोदीका कार्यकर्ता उनीमाथि भड्किएका पनि थिए ।

कपिलले आफ्नो शो मार्फत् मोदीसँग माफी मागेका छन् । धेरै समयपछि उनको त्यो घटनाको विषयमा उनको शो मा कुरा भएको थियो । उनले आफ्ना दर्शकका अगाडी मोदीसँग माफी मागेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्