बलिउडका चर्चित अभिनेता नाना पाटेकरलाई मातृशोक, ९९ बर्षको उमेरमा भयो आमाको निधन



१६ माघ २०७५, काठमाडौँ

नाना पाटेकर बलिउडका निकै स्थापित कलाकार हुन् । अभिनयमा अव्वल मानिने नाना पाटेकरले कमेडियनको रुपमा पनि आफ्नो परिचय बनाइसकेका थिए । उनले बलिउडमा धेरै हिट फिल्म दिएका छन् ।

नाना पाटेकरलाई मातृशोक परेको छ । उनकी आमा निर्मला पाटेकरको ९९ बर्षकी उमेरमा मङ्गलबार निधन भएको छ । नानाको परिवारमा उनी, उनका बाबु, आमा र एक दाजु छन् । वृद्धवस्था लागेसँगै उनकी आमा कमजोर बन्दै गएकी थिइन् ।

त्यसैले उनको निधन भएको हो । आमाको निधन भएको बेला नाना घरमा थिएनन् । उनलाई फोन गरेर आमाको अन्तिम संस्कार गर्नको लागि बोलाइएको थियो । नाना पाटेकरलाई केहि समय अघि दुव्र्यवहार गरेको आरोप लागेको थियो । जसका कारण उनले आफ्नो चलचित्र समेत छोड्नुपरेको थियो । यतिबेला पाटेकर परिवार शोकमय बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्