प्रियंकाले विवाहको कुरा गर्दा रोइन् दिपा



१६ माघ २०७५, काठमाडौँ

नायिका प्रियंका कार्की र आफूलाई अव्वल निर्देशकको रुपमा स्थापित गरिसकेकी दिपाश्री निरौलाको सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई एकअर्काको निकै नजिक छन् । सगैँ ४ चलचित्रमा सहकार्य गरिसकेका दिपा र प्रियंका आफूहरु एकअर्कासँग एकदमै नजिक भएको बताउँछन् ।

केहिदिन अघिमात्र यी दुईको भेट भएको थियो । दुवै रमाईला कलाकार भएकाले यी दुई भेट हुँदा एकअर्कासँग खुब हाँसखेल गर्छन् । केहिदिन अघिमात्र यी दुईले एक अन्तवार्तामा खुब रमाईलो गरेका छन् । त्यसबेला नायिका प्रियंका कार्कीको विवाहको पनि कुरा आएको थियो ।

प्रियंकाको विवाहको कुरा आउँदा दिपा केहि भावुक भएकी थिइन् । उनको आखाँबाट आँशु पनि झरेको थियो । दिपाले प्रियंकाको विवाहको कुराले आफू खुसी भएको र कता कता मन पनि नरमाईलो भैरहेको बताइन् । तर यी दुईले प्रियंकाको विवाहको कुरालाई पनि हाँसेर टारिदिए ।

 

 

प्रतिक्रिया दिनुहोस्