पलसँग मेरो विवाह हुने सम्भावना कत्तिपनि छैन : आँचल शर्मा



१६ माघ २०७५, काठमाडौँ

आँचल शर्माको करियर सुरु भएदेखि नै उनको नाम पल शाहसँग जोडिएर आउने गरेको छ । यी दुवैले एउटै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेका थिए । यी दुईले एकसाथ थुप्रै म्यूजिक भिडियोमा पनि काम गरिसकेका छन् ।

दर्शकमाझ निकै लोकप्रिय जोडी पल र आँचलले भने सधैँ आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् । केहिदिन अगाडी मात्र आँचलको नयाँ चलचित्र दाल, भात, तरकारी को पहिलो गीत सार्वजनिक भएको थियो । सोहि कार्यक्रममा आँचलसँग एक अन्तवार्तामा पलको बारेमा पनि कुरा गरिएको थियो ।

आँचललाई पलसँग उनको विवाह हुने सम्भावना कत्तिको छ भन्ने प्रश्न गरिएको थियो । सो प्रश्नम आँचलले पलसँग आफ्नो विवाह हुने सम्भावना कत्तिपनि नभएको बताएकी छिन् । उनले रिल लाइफमा हामी कपल नै हौँ तर रियल लाइफमा साथीभन्दा बढी कहिल्यै नहुने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्