सलिनमानको दोस्रो चलचित्र यात्रा को पोष्टर सार्वजनिक



१५ माघ २०७५, काठमाडौँ

सलिनमान बनियाँ छोटो समयमा नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्न सफल अभिनेता हुन् । उनले चलचित्र ए मेरो हजुर २ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेका हुन् । पहिलो चलचित्रबाट नै उनी दर्शकको रोजाइमा पर्न सफल भए ।

उनको लुक्सका कारण पनि उनले धेरै फ्यान कमाउन सफल भएका छन् । उनले खेलेको दोस्रो चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । भर्खरै मात्र चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ ।

चलचित्र यात्रा को पोष्टरमा सलिन र नव नायिका मालिका महतोलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । चलचित्र यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । चलचित्रमा केशव भट्टराई र सुशिल पोखरेलको लगानी रहेको छ । चलचित्र यात्रा चैत्र २९ मा रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्