म सन्जोगको घरमा नोकर हुन जान लागेको होइन : बर्षा राउत



१५ माघ २०७५, काठमाडौँ

नायिका बर्षा राउत र नायक सन्जोग कोइराला यतिबेला आफ्नो विवाहको तयारीमा लागिरहेका छन् । करिब ७ बर्षसम्मको लामो प्रेमसम्बन्धपछि यी दुईले यहि फागुन २ अर्थात् भ्यालेनटाइन डे को दिन विवाह गर्दैछन् । त्यसैले पनि आजभोली सामाजिक सञ्जालमा बर्षाको चलचित्रको भन्दापनि विवाहको बढी चर्चा हुन थालेको छ ।

बर्षाले विवाहपछि पनि चलचित्रमा काम गर्छिन् वा गर्दिनन् भन्ने जिज्ञासा अहिले सबैको मनमा रहेको छ । अझ केहि दर्शकले त उनलाई सन्जोगको घरमा काम गर्न जान लागेको, अब घरको गृहिणी भएर बस्नुपर्ने पनि बताएका छन् । दर्शकको यस्तो प्रतिक्रियाबाट बर्षा दुखित छिन् ।

उनले सन्जोगको परिवार निकै बुझ्ने भएकाले आफूले विवाहपछि पनि चलचित्र गर्न नछोड्ने बताएकी छिन् । त्यतिमात्र नभएर उनी सन्जोगको घरमा आफू नोकर नभई एउटी बुहारी भएर जान लागेको उनले बताइन् । बर्षाले आफ्नो फ्यानहरुलाई  पनि विवाहको मतलब त्यसरी ननिकाल्न आग्रह गरिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्