‘सम्हालिन्छ कहिले मन’ मा, आकाश कथाको माग सोनम पूजाको रोजाई



१५ माघ २०७५, काठमाडौँ

नायिका पूजा शर्मा यतिबेला उनको नयाँ चलचित्र सम्हालिन्छ कहिले मन मा व्यस्त छिन् । यो चलचित्रको केहि दिन अघिमात्र राजधानीमा एक कार्यक्रमका माझ अनौपचारीक घोषणा भएको थियो ।

चलचित्र सम्हालिन्छ कहिले मन मा पूजाको जोडी दुई नायकसँग बाधिने भएको छ । उनले यो चलचित्रमा नव नायक सोनम तोप्देन र आकाश श्रेष्ठ रोमान्स गर्दैछिन् । पूजाले आकाशसँग योभन्दा पहिले चलचित्र रामकहानी मा काम गरेकी थिइन् भने सोनमको यो पहिलो चलचित्र हो ।

चलचित्रका लागि यी तिनै कलाकारले निकै महंगो पारिश्रमिक पनि लिएका छन् । चलचित्रको औपचारीक घोषणाको क्रममा नायिका पूजासँग आकाशलाई तपाईले रोजेको कि सुदर्शनले ? भन्ने प्रश्न सोधिएको थियो । यसमा पूजाले सोनमलाई आफूले रोजेको र आकाशलाई कथाले मागेको बताएकी छिन् ।

 

चलचित्र सम्हालिन्छ कहिले मन लाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । चलचित्रको अधिकांश छायांकन यूकेमा हुने बताइएको छ । चलचित्र पुरै लबस्टोरीमा आधारित हुने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्