प्रेममा परेपछि १८ बर्षकी युवतीसँग ६२ बर्षका बृद्धले गरे विवाह



१५ माघ २०७५, काठमाडौँ

आजभोली मानिसले प्रेमलाई सामान्य रुपमा हेर्न थालिसकेका छन् । त्यतिमात्र नभएर केटा र केटीको मन मिलेपछि त्यहाँ जात, धर्म, उमेर कुनै कुराले पनि छेक्दैन । त्यस्तै अहिले सामाजिक सञ्जालमा एक जोडी निकै भाइरल भैरहेको छ ।

इन्डोनेसियाका सुलेमान नाम गरेका ६२ बर्षका वृद्धको १८ बर्षकी कलिलै उमेरकी युवतीसँग १ बर्षसम्मको प्रेमपछि विवाह भएको छ । हुन त यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर ५ छोराछोरी र ९ नातीनातिना भएका सुलेमान र १८ बर्षकी डायनाको प्रेमविवाह भएको हो ।

सुलेमानले डायनाको पसलमा चक्कु किन्न जाने क्रममा यी दुईबीच प्रेम भएको हो । सुलेमानकी पूर्वपत्नीको केहिसमय अघि निधन भएको थियो । पूर्वपत्नीको निधन भएपछि सुलेमानले डायनासँग विवाह गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्