बर्षाको र सन्जोगको विवाहमा १ करोड खर्च हुने ?



१५ माघ २०७५, काठमाडौँ

नायिका बर्षा राउत आफ्ना प्रेमी सन्जोग कोइरालासँग यहि फागुन २ अर्थात् भ्यालेनटाइन डे का दिन विवाह गर्दैछिन् । त्यसैले पनि आजभोली जताततै उनको चर्चा हुन थालेको छ । हिजोमात्र राजधानीमा उनको चलचित्र गोपी को प्रिमियर शो सम्पन्न भएको छ । उक्त चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।

यसै सन्दर्भमा बर्षा र सन्जोगले आफ्नो विवाहको बारेमा पनि कुरा गरेका छन् । बर्षा र सन्जोगले आफ्नो विवाह साधारण तरिकाले हुने बताएका छन् । उनीहरुले रिसेप्सनमा चाहिँ केहि विशेष हुने बताएका छन् । बर्षा र  सन्जोगललाई तपाईहरुको विवाहमा कति खर्च हुने भन्ने प्रश्न गरिएको थियो । त्यसमा बर्षाले हाँस्दै एउटा चलचित्र बन्छ होला भनेकी छिन् ।

बर्षा र सन्जोगले ठट्यौली पारामा विवाहमा दुवै साइडबाट लगभग १ करोड हाराहारीमा खर्च हुने बताएका छन् । तर दुवैले विवाहमा गरेका खर्च गन्न नहुने बताएका छन् । बर्षा र सन्जोगले आफ्नो विवाहको लागि निकै उत्साहित भएको बताएका छन् । हाम्रो तर्फबाट पनि बर्षालाई विवाहको शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्