कृष्ण ओलीलाई सहयोग लिएर भेट्न जादाँ भावुक बने पूजा र आकाश (भिडियो)



१५ माघ २०७५, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा एकदमै छाएका व्यक्ति हुन् कृष्ण ओली र उनकी श्रीमती रुपा ओली । कृष्ण ओलीको आफ्नै दुखद कथा छ । विभिन्न सपना बुनेका कृष्ण ओलीले युवावस्थामै आफ्ना दुई हात र एक खुट्टा गुमाएका थिए । उनको उपचारका लागि धेरै खर्च लाग्ने भएकाले अहिले धेरै ठाउँबाट उनीहरुलाई सहयोग आइरहेको छ ।

यस्तैमा भर्खरै मात्र नायिका पूजा शर्मा र आकाश श्रेष्ठ पनि उनीहरुलाई भेट्न गए । पूजा र आकाश पछिल्लो समयमा निकै चर्चित जोडी हुन् । पूजा र आकाश आफ्ना फ्यानहरुसँग त्यहाँ पुगेका थिए । पूजा र आकाशले आफूलाई कृष्ण र रुपालाई भेटेर निकै खुसी लागेको बताए ।

त्यस्तै रुपा र कृष्णले पनि पूजा र आकाशलाई भेट्दा निकै खुसी लागेको बताए । पूजा र आकाशले आफ्नो फ्यान क्लबबाट उठाएको रकम पनि कृष्ण र रुपालाई हस्तान्तरण गरे । कृष्ण र रुपाको कुरा सुनेर पूजा र आकाश निकै भावुक समेत बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्