आमिरका छोरा पनि बलिउडमा आउने तयारीमा तर आमिरको यस्तो छ सर्त



१४ माघ २०७५, काठमाडौँ

आमिर खान बलिउडका निकै नाम चलेका अभिनेता हुन् । उनले कमै तर बल्कबस्टर चलचित्र दिने गरेका छन् । यो बर्ष उनको ठग्स अफप हिदुस्तान चलचित्र प्रदर्शनमा आएको थियो । तर विडम्बना उक्त चलचित्र बक्सअफिसमा नराम्रोसँग चिप्लियो ।

अहिले बलिउडमा स्टार किड्सहरु धमाधम आइरहेका छन् । अब आमिरले पनि आफ्ना छोरालाई बलिउडमा भित्र्याउने भएका छन् । उनले उनका २६ बर्षीय छोरा जुनैदलाई बलिउडमा भित्र्याउन लागेका हुन् । तर उनले बलिउडमा आउनको लागि जुनैदले आफ्नो एउटा सर्त मान्नुपर्ने बताएका छन् ।

उनले जुनैदले चलचित्र गर्नुअघि स्क्रिन टेस्ट गर्नुपर्ने बताएका छन् । उनले जुनैदले एक्टिङको क्लास लिएको भएतापनि उनले टेस्ट दिनुपर्ने बताए । यदि जुनैदले स्क्रिन टेस्ट पास गरेको खण्डमा उनले चलचित्रमा काम गर्न पाउने र नगरेको खण्डमा नपाउने बताएका छन् । उनले आफ्नो छोराको लागि राम्रो कथा खोजिरहेको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्