जान्वीको यो बानीबाट चिन्तित छन् उनका पिता बोनी कपुर….



१४ माघ २०७५, काठमाडौँ

अहिले बलिउडमा स्टार किड्सको वर्चस्व खुबै बढेको छ । दिनप्रतिदिन बलिउडमा कलाकारको छोराछोरीको आगमन भैरहेको छ । जसको भिडमा जान्वी कपुर पनि पर्छिन् । जान्वी कपुर बलिउड स्वर्गीय अभिनेत्री श्रीदेवी र बलिउडका निर्माता बोनी कपुरकी छोरी हुन् ।

जान्वीले चलचित्र धडक बाट बलिउडमा डेब्यु गरेकी हुन् । उनको पहिलो चलचित्रबाट नै उनले दर्शकको अत्याधिक माया र साथ पाइन् । अहिले बलिउडमा उनको डिमाण्ड बढी हुन थालेको छ ।

उनको पिता बोनी कपुर उनलाई ज्यादै माया गर्छन् । त्यसैले उनी आफ्नी छोरीको केयर पनि गर्छन् । बोनी कपुरले आफू जान्वीको एक बानीबाट चिन्तित भएका छन् । जान्वी पहिले निकै नसुहाउँदी जिउडालकी थिइन् तरपछि बलिउडमा आएपछि उनी निकै फिट हुन थालेकी छिन् । उनी कसरतमा पनि विशेष ध्यान दिन्छिन् । धेरै व्यायाम गरेर उनी आफ्नो ख्याल राख्न बिर्सिन्छिन् जसका कारण उनका बाबु चिन्तित हुन्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्