को बन्छ करोडपति का लागि राजेशले फेरे लुक्स



१४ माघ २०७५, काठमाडौँ

नेपालमा पहिलो पटक सञ्चालन गर्न लागिएको अन्तराष्ट्रिय स्तरको शो को बन्छ करोडपति यहि  माघ १९ बाट एपिवान बाट प्रशारण हुँदैछ । यस रियालिटी शो लाई नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले सञ्चालन गर्दैछन् ।

विश्वका धेरै देशहरुमा सञ्चालन भैसकेको यो शो नेपालमा पहिलो पटक भित्रिएको हो । यस शो को प्रोमो पनि सार्वजनिक भैसकेको छ । सार्वजनिक प्रोमोलाई दर्शकले निकै रुचाइरहेका छन् ।

राजेश हमालले उक्त शो का लागि आफ्नो लुक्स पनि परिवर्तन गरेका छन् । हुन त उनले आफ्नो हेयरस्टाइल परिवर्तन गर्दै आएका छन् । तर यस शो का लागि उनले विशेष लुक्स बनाएका छन् । उनले आफूले १५ बर्षदेखि हेयर मिलाइदिएका साथीबाट नै हेयरस्टाइल नयाँ बनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्