चलचित्र रणवीर को नयाँ गीत रिलिज, देखिए सुशिल र सुवेक्षा रोमान्टिक मुडमा



१४ माघ २०७५, काठमाडौँ

चलचित्र रणवीर को केहिसमय अघि एक गीत र टिजर सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले अत्याधिक मन  पराएका छन् । भर्खरै मात्र युट्युबमा चलचित्र रणवीर को नयाँ गीत सार्वजनिक भएको छ ।

हेर्चुलेस बस्नेतको शब्द र संगीत रहेको माया मा बोलको गीतमा हेर्चुलेस बस्नेत र प्रविशा अधिकारीको आवाज रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य नायक नायिका सुशिल सिटौला र सुवेक्षा खड्कालाई फिचरिङ गराइएको छ । उक्त गीतमा सुशिल र सुवेक्षा निकै रोमान्टिक मुडमा देखिएका छन् ।

उक्त लब गीतलाई चर्चित कोरियोग्राफर गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् । चलचित्र रणवीर एक्सन र लबस्टोरीमा आधारित चलचित्र हो । चलचित्र रणवीर यहि माघ १८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्