५ लाख पारिश्रमिकबारे निरुताको जवाफ, भन्छिन् मलाई चलचित्रमा लिनैपर्छ भन्ने जबरजस्ती छैन



१४ माघ २०७५, काठमाडौँ

नायिका निरुता सिंह चलचित्रमा लामो समयपछि फर्किएकी छिन् । त्यसैले पनि जताततै उनको डिमाण्ड बढी छ । उनी दाल, भात, तरकारी को छायांकन सकेर मुम्बई फर्किएकी थिइन् । अहिले फेरि उनी चलचित्र क्याप्टेन को एक गीतमा नाच्नको लागि नेपाल फर्किसकेकी छिन् ।

केहिसमय अघि निरुताले चलचित्र हजार जुनीसम्म बाट हात झिकेपछि उनले ५ लाख डिमाण्ड पुरा निर्माताले गर्न नसक्ने भएपछि निरुताले चलचित्र छोडेको कुरा चर्चामा आएको थियो । त्यसपछि निरुताले ५ लाखभन्दा घटीमा चलचित्र नखेल्ने भनेर उनीमाथि प्रश्न पनि उठेको थियो ।

यस विषयमा निरुताले कडा जवाफ दिएकी छिन् । उनले चलचित्र हजार जुनीसम्म आफूले पारिश्रमिक मात्र नभएर प्राविधिक कुरा पनि नमिलेर छोडेको बताइन् । उनले आफूले मेहेनत गरेअनुसारको पारिश्रमिक माग्ने गरेको बताएकी छिन् । त्यतिमात्र नभएर निरुताले आफ्नो काम चित्त बुझ्नेले पारिश्रमिक दिने र चित्त नबुझ्नेले नदिने भएकाले आफूलाई चलचित्रमा लिनैपर्छ भन्ने जबरजस्ती नभएको पनि बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्