अब १५ लाख भन्दा घटीमा चलचित्र नगर्ने पूजा ?



१४ माघ २०७५, काठमाडौँ

नायिका पूजा शर्मा अहिले ब्याक टु ब्याक चलचित्रमा आइरहेकी छिन् । प्रेम गीत पछि रिलिज भएका उनका सबै चलचित्र बक्सअफिसमा हिट छन् । उनको डिमाण्ड बढेसँगै पारिश्रमिक पनि बढ्दै गएको छ । यतिबेला नायिका पूजा शर्मा उनको नयाँ चलचित्र सम्हालिन्छ कहिले मन मा व्यस्छ छिन् ।

यो चलचित्रमा उनको जोडी नव नायक सोनम तोप्देन र आकाश श्रेष्ठसँग बाधिने भएको छ । हिजोमात्र चलचित्रको औपचारिक घोषणा गरिएको छ । चलचित्रको अधिकांश छायांकन यूकेमा हुने बताइएको छ । चलचित्र सम्हालिन्छ कहिले मन मा पूजाले १५ लाख पारिश्रमिक लिएकी छिन् ।

उनलाई चलचित्रको घोषणा कार्यक्रममा अब १५ लाखभन्दा कममा चलचित्रमा काम नगर्ने भन्ने प्रश्न सोधिएको थियो पूजाले जवाफमा सिमित बजेट भएको र कथा राम्रो भएको चलचित्र आए काम गर्छु नत्र १५ लाखभन्दा घटीमा काम गर्दिन भनेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्