मेरो लागि सबैभन्दा पुण्यको काम भनेको नै अरुलाई खुसी बनाउनु हो : शिल्पा पोखरेल



१४ माघ २०७५, काठमाडौँ

म्यूजिक भिडियो राम्रो छवि बनाएकी नायिका शिल्पा पोखरेलले चलचित्र लज्जा बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन् । उनको डेब्यु चलचित्रलाई दर्शकले अत्यन्तै रुचाए । उनलाई बाघ निर्माता छविराज ओझाले आफ्नो चलचित्र मार्फत् चलचित्रमा भित्र्याएका हुन् ।

शिल्पाले छविको ब्यानरमा खेलेका सबै चलचित्र हिट छन् । तर त्यसबाहेक पनि उनका थुप्रै चलचित्र आएका छन् । जुन बक्सअफिसमा सफल भने हुन सकेनन् । हालैमात्र नायिका शिल्पासँग एक अन्तवार्तामा धार्मिक कुराकानी गरिएको थियो । उनले आफूलाई भगवान्प्रति विश्वास भएको बताएकी छिन् ।

उनले आफूलाई मन्दिर जान निकै मन पर्ने र विशेष गरी गणेश भगवान्लाई मान्ने बताइन् । शिल्पाले आफूलाई धामीमा भने विश्वास नभएको बताइन् । त्यतिमात्र नभएर उनलाई स्वर्ग र नर्गबारे विश्वास गर्नुहुन्छ भन्ने प्रश्न गरिएको थियो । त्यसमा शिल्पाले मेरो देश नै मेरो लागि स्वर्ग हो भनेकी छिन् । शिल्पाले अरुलाई खुसी पार्नु नै सबैभन्दा पुण्यको काम भएको बताएकी छिन् ।

उनले आफूले अहिलेसम्म भूत नदेखेको तर अध्यारोमा भने डर लाग्ने बताइन् । शिल्पाले अरुलाई रुवाउनु नै सबैभन्दा ठूलो पाप भएको बताइन् । नायिका शिल्पा नयाँ कामको थालनी गर्नुअघि साइत समेत हेराउने गर्छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्