पूजा शर्मा भन्छिन्, ‘म जे चाहन्छु त्यहीँ पाउँछु’



१४ माघ २०७५, काठमाडौँ

नायिका पूजा शर्मा अहिलेकी सर्वाधिक चर्चित र व्यस्त नायिका हुन् । चलचित्र क्षेत्रमा आएको लामो समयसम्म दर्शकको नजरमा नपरेकी पूजालाई चलचित्र प्रेम गीत ले नयाँ परिचय दियो । यो चलचित्र बाट नै अहिले पूजा र प्रदिप स्टार बनेका छन् । प्रेम गीत को सफलतापछि पूजा अहिले धेरैको नजरमा पर्न सफल भएकी छिन् । यतिबेला पूजा चलचित्र सम्हालिन्छ कहिले मन मा व्यस्त छिन् ।

यो चलचित्रमा उनको जोडी नव नायक सोनम तोप्देनसँग जोडिएको छ । चलचित्रमा आकाश श्रेष्ठ पनि मुख्य भूमिकामा रहेका छन् । पूजा अहिले चलचित्रमा उनले पाएको सफलतालाई लक लागेको बताउँछिन् । चलचित्र सम्हालिन्छ कहिले मन मा पनि सोनम उनकै रोजाइ भएको बताइएको छ ।

पूजाले आफूले जे चाहन्छिन् त्यो पाएको बताएकी छिन् । उनले चलचित्र सम्हालिन्छ कहिले मन रिलिज भएपछि पनि दर्शकको आफूले अत्याधिक माया पाउने कुरामा आफू ढुक्क रहेको उनले बताएकी छिन् । उनले चलचित्रमा आकाशलाई पनि दर्शक र चलचित्रको कथाको डिमाण्ड अनुसार भित्र्याएको बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्