स्वरसम्राट नारायण गोपालको निधन भएको २८ बर्षपछि उनको नयाँ धुन फेला, यस्तो छ धुन (भिडियो)



१३ माघ २०७५, काठमाडौँ

नारायण गोपाललाई नेपाली संगीत जगत्मा स्वर सम्राटको नामले चिनिन्छ । उनी संसारबाट विदा भएको २८ बर्ष भैसकेको छ । तरपनि उनका गीतहरु अझैपनि उत्तिकै चर्चित छन् । उनका गीतहरु कहिलेपनि सेलाएर गएका छैनन् ।

उनको सबैले सम्मान गर्ने गर्छन् । हुन पनि नारायण गोपालले संगीतको क्षेत्रमा आफूलाई निकै राम्रो स्थानमा पुर्याएका छन् । भर्खरै मात्र नारायण गोपालको एक थाहा नभएको कुरा सार्वजनिक भएको छ । सुन्दा अचम्म लाग्न सक्छ तर नारायण गोपालको निधन भएको २८ बर्षपछि उनको नयाँ धुन सार्वजनिक भएको छ ।

त्यहीँ धुनलाई नयाँ जीवन दिइने भएको छ । स्वरसम्राट नारायण गोपालको उक्त धुनमा रामकृष्ण ढकालले आवाज दिने भएका छन् । उक्त धुनमा विष्णुबाबु देवकोटाको शब्द र प्रदिप श्रेष्ठको एरेन्ज रहने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्