यसरी झुक्याए प्रताप र सागरले निशानलाई, रोकिएन सागर र प्रतापको हाँसो (भिडियो)



१३ माघ २०७५, काठमाडौँ

नेपाल आइडल सिजन १ बाट निकै चर्चा पाएका प्रतिस्पर्धीमध्ये सागर आले र प्रताप दास पनि एक हुन् । यी दुईले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भए । अहिले यी दुवै देश तथा विदेशको कार्यक्रममा व्यस्त रहने गर्छन् ।

नेपाल आइडलमा हुँदापनि एकअर्कासँग सँगै बस्ने प्रताप र सागर एकअर्काका निकै मिल्ने साथी हुन् । यी दुईबीच अझैपनि निकै घनिष्ट सम्बन्ध रहेको छ । सागर र प्रताप सम्भवत पहिलो पटक एकसाथ अन्तवार्तामा देखिएका थिए ।

लामो समयपछि भेटेका यी साथीले अन्तवार्तामा निकै रमाईलो गरे । त्यतिमात्र नभएर दुवैले एकअर्काको पोल पनि खोल्न भ्याए । त्यतिमात्र नभएर प्रताप र सागरले निशानलाई फोन गरेर उसँग प्रयाङ्क पनि गर्न भ्याए । उनीहरुले निशानलाई प्रयाङ्क गरेपछि निकै हाँसे। जे होस् धेरै समयपछि भेट्दापनि सागर र प्रतापबीच उस्तै मित्रता देखिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्