बहुप्रतिक्षित शो ‘को बन्छ करोडपति’ को प्रोमो सार्वजनिक (भिडियो सहित)



१३ माघ २०७५, काठमाडौँ

नेपालमा पनि अहिले निकै गुणस्तरीय खालका रियालिटी शो हरु आउन थालेका छन् । यसको सुरुवात नेपाल आइडल बाट भएको हो । नेपाल आइडलले चर्चा पाएपछि  बुगीवुगी र द भ्वाइस अफ नेपाल जस्ता गुणस्तरीय शो हरु आएका छन् । अब त्यस्तै को बन्छ करोडपति भन्ने शो सुरु हुँदैछ ।

भारतले लामो समयदेखि सञ्चालन गर्दै आएको कौन बनेगा करोडपति जस्तै नेपालमा पनि को बन्छ करोडपति आउने भएको छ । भर्खरै मात्र उक्त शो को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

राजेश हमालले होस्ट गर्न लागेको शो को ट्रेलरमा निकै रमाईला दृश्यहरु देख्न सकिनेछ । नेपालमा यस्ता रियालिटि शो आउनु भनेको वास्तवमा नै निकै खुसीको कुरा हो । को बन्छ करोडपति एपिवान एचडी बाट माघ १९ देखि प्रशारणमा आउँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्