ऐश्वर्याको यो बानीलाई पटक्कै मन पराउँदिनन् अभिषेककी दिदी स्वेता



१० माघ २०७५, काठमाडौँ

बलिउड नायिका ऐश्वर्या राय बलिउडमा निकै लोकप्रिय छिन् । उनी एउटी असल नायिका मात्र नभएर बच्चन परिवारकी असल बुहारी पनि हुन् । उनले आफ्नो परिवारलाई सधैँ निकै राम्रोसँग सम्हालेकी छिन् । केहिदिन अघिमात्र अभिषेक बच्चन आफ्नी दिदी स्वेतासँग करणको चर्चित शो कफि विथ करणमा पुगेका थिए ।

त्यहाँ दिदीभाईले आफ्नो घर परिवारको बारेमा धेरै कुरा बताए । स्वेताले अभिषेक एउटा निकै राम्रो भाई भएको बताइन् । उनले त्यतिमात्र नभएर अभिषेकले आफ्ना हरेक जिम्मेवारीलाई निकै राम्रोसगँ निभाउने गरेका समेत बताइन् । उक्त शो मा करणले स्वेतालाई ऐश्वर्याको बारेमा पनि सोधेका थिए ।

करणले स्वेतालाई ऐश्वर्याको कुन बानी मन पर्दैन भन्दा स्वेताले ऐश्वर्याको फोन र म्यासेजको रिप्लाई ढिलो दिने बानी पटक्कै मन नपर्ने बताइन् । उनले ऐश्वर्याको पनि निकै तारिफ गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्