करिनालाई सौतनी आमा भन्दा साराले दिइन् यस्तो जवाफ



१० माघ २०७५, काठमाडौँ

बलिउडमा आएको छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल अभिनेत्रीमध्ये सारा अली खान पनि एक हुन् । उनी बलिउडमा चर्चित अभिनेता सैफ अली खानकी छोरी पनि हुन् ।

हालैमात्र सारासँ लिइएको अन्तवार्तामा उनले आफ्ना केहि कुरा बताएकी छिन् । उनले आफू सानैदेखि नै करिना कपुरको निकै ठूलो फ्यान भएको बताएकी छिन् । उनले सानोमा करिना कपुरको कभि खुसी कभि गम चलचित्र हेरेदेखि उनको फ्यान भएको बताइन् ।

उनलाई अहिले करिनालाई सौतनी आमाभन्दा कस्तो लाग्छ भन्दा साराले म उहाँको प्रशंसक हुँ त्यसैले उहाँलाई आमाको रुपमा पाउँदा म ज्यादै खुसी छु । म पहिले पनि उहाँको फ्यान थिए र अहिले पनि छु साराले भनिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्