राम्रो काम गर्दा कसैले देखेनन्, एउटा गल्ती गर्दा सबैले खेदोखने भन्दै रविले पोखे दुखेसो



९ माघ २०७५, काठमाडौँ

रवि लामिछाने नेपाली समाजमा चिन्नको लागि नौलो नाम होइन । उनी सबैको नजरमा निकै लोकप्रिय छन् । उनी सिधा कुरा जनतासँग नामक कार्यक्रमबाट चर्चामा आएका हुन् । उनलाई कत्तिले त आफ्नो भगवान् समेत मान्ने गरेका छन् । हुन पनि रविले धेरैको जीवन उज्यालो बनाइदिएका छन् ।

उनले धेरै घरविहिनको घर बनाइदिएका छन् भने महिलाहरुको लागि पनि निकै लडेका छन् । त्यसैले पनि उनको बारेमा नराम्रो कसैले बोल्दैन । तर पछिल्ला समयमा सामाजिक सञ्जालमा रवि विवादित बन्दै गएका छन् । उनले केहि समयअघि मात्र आफ्नी पत्नी इशासँगको २४ बर्ष लामो वैवाहिक सम्बन्धमा पूर्णविराम लगाएका थिए ।

त्यसपछि उनको चर्को आलोचना हुन थालेको हो । भर्खरै मात्र रविले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कानुनी रुपमा विवाह गरेका छन् । रविले आफ्ना शुभचिन्तकहरुमाझ दुखेसो पोखेका छन् । उनले आफूले अहिलेसम्म यतिधेरै राम्रा काम गर्दा कसैले राम्रो समाचार नबनाउने तर मैले एउटा गल्ती गर्दा मेरो यति धेरै खेदो खनेको भनेका छन् । उनले यो कुराले आफूलाई दुखी बनाएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्