२७ बर्षपछि चलचित्रमा एकसाथ देखिदैँ अनिल र माधुरी



९ माघ २०७५, काठमाडौँ

माधुरी दिक्षित र अनिल कपुर बलिउडको निकै चर्चित जोडी हो । कुनै समयमा हलमा यो दर्शकको चलचित्र आउँदैछ भन्ने वित्तिकै दर्शकहरु  फुरुक्क हुने गर्थे । यी दुईले लामो समयदेखि एकअर्कासँग काम गरेका थिएनन् ।

करिब २७ बर्षपछि यो जोडी पर्दामा फेरि फर्कदैछ । यी दुईले २७ बर्षपछि एकसाथ काम गरेको चलचित्र टोटल धमाकाको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा यी दुईले एकअर्काको निकै तारिफ गरे । अनिलले लामो समयपछि माधुरीसँग काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

त्यस्तै माधुरीले पनि २७ बर्षपछि काम गर्दा पनि अनिल उस्तै रहेको बताइन् । उनले समय जति गएपनि अनिल कहिल्यै नबदलिने बताइन् । यी दुवै कलाकार आफ्नो चलचित्रबाट निकै उत्साहित रहेका छन् । पुरै कमेडी प्रधान रहेको चलचित्रमा माधुरी र अनिलको मुख्य भूमिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्