बिराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन छलफल गरिने



१७ पुस २०७५, इटहरी

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अविलम्व काम थाल्नु पर्ने बताएका छन् । उनले बिराटनगर बिमानस्थल अन्तरराष्ट्रिय बनाउन २५० बिघा जग्गा अभिलम्व अधिग्रहण गर्नुपर्ने बताउनुभएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्धारा आज आयोजित कार्यक्रममा बोल्दै राईले विराटनगर विमानस्थलमा ३ हजार मिटरको धावनमार्ग बनाउनका लागि विमानस्थल पश्चिमतर्फ उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गरिनुपर्ने बताए । मुख्यमन्त्री राईले विमानस्थलको विस्तार एवम् स्तरोन्नतिका लागि आगामी साता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग सो विषयमा छलफल गरी निर्णय गरिने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश एकका आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीले विमानस्थलाई क्षेत्रीय अन्तरदेशीय विमानस्थलका रुपमा विस्तार गरी यात्रुहरुलाई आवश्यक सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्