अभिनयबाट चर्चा कमाउँदै रमन पहाडी…



११ पुस २०७५, काठमाडौं

बिगतका केहि वर्षदेखि मोडलिङ क्षेत्रमा उदायका चम्किला तारा रमन पहाडीले समय सापेक्ष दर्शकको मन जित्दै अगाडी बढीरहेका छन् ।

२ दर्जन भन्दा बढी गीतमा अभिनय गरेका रमन सबैको रोजाईमा परिरहेका छन् । अभिनयमा अघि बढिरहेका रमनले यो स्थानसम्म आइपुग्न धेरै सङघर्ष गर्नुपरेको थियो । कसैको चाकरी नगरी आफ्नो कलाले अघि बढेका रमनको उद्देश्य एकाएक पुरा भईरहेका छन् ।

धेरैजसो गीतहरु राजधानी फिल्मसबाट आउने गरेका रमनको यस क्षेत्रमा साथ भने चर्चित कोरीयोग्राफर तथा निर्देशक देबेन्द्र कुँवरको रहेको छ । राजधानी फिल्मस् संचालन गरेका मोडल तथा निर्देशक पहाडीले समय सापेक्षअनुसार दर्शकविन्दलाई कोसेली दिईरहने बताउँछन ।  सेन्टीमेन्टल बिद्यामा तल्लिन रुपमा काम गरीरहेका उनी अभिनयमा समेत पोख्त छन् ।

बिशेष गरी लोकदोहोरी बिद्यामा अभिनय गरेका रमनलाई  आधुनिक तथा पप गितमा पनि देख्न सकिन्छ । सङ्घर्षबाट नै सफल भइन्छ भन्ने धारणा राख्ने उनी मिलेको शरीर ठूला कद र हेर्दैमा लोभलाग्दो देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्