सिर्जनाको रङ्ग साहित्य तथा सांगीतिक विमर्श कार्यक्रम सम्पन्न



११ पुष २०७५, चितवन/ डिलकुमारि नेपाल

समाजमा सृजनाको रङ्ग पूर्व–पश्चिम साहित्यिक तथा सांगीतिक विमर्श अभियान कार्यक्रम भरतपुरको चौविसकोठीमा सम्पन्न भएको छ ।

श्री पद्य दिप स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा एकैदिन ७ वटा एल्बम निकाल्न सफल गीतकार एवम् डा. डि आर उपाध्यायले ७ प्रदेश सात नारामा पहिलो यात्रा चितवनबाट शुरु गरेको बताए ।

सोहि अवसरमा डा. उपाध्यायले ३ वटा कविता संग्रह प्रकाशनका साथै प्रकाशोन्मुख अन्य कृतिहरु पनि भएको जनाए । उनले प्रणय एल्बमका गायक सरोज अधिकारीले उपाध्यायसँग काम गर्दाको अनुभवबारे सुनाउँदै आफ्नो गीतले प्रस्तुत गरेका थिए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता अक्षर समूह चितवनका अध्यक्ष ईश्वर कंडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्