मुस्लिम भएर दशैँ मनाउँदा गाली खाए नाजिरले



०७ असोज २०७५, काठमाडौँ

नाजिर हुसेन नेपालका निकै चर्चित नायक हुन् । चलचित्र होस्टेल रिटन्र्स बाट नेपाली चलचित्रमा पाईला चालेका नाजिरले पहिलो चलचित्रबाट नै निकै चर्चा कमाएका थिए । उनको चलचित्रलाई धेरैले रुचाउने गर्छन् । उनले अभिनय गरेका चलचत्रिहरु सफल भएका पनि छन् । उनी विशेषगरी कमेडी पात्रको रुपमा दर्शकको नजरमा परिचित छन् ।

नाजिर हुसेन मुस्लिम समुदायका हुन् । हाम्रो समाजलाई हेर्ने हो भने मुस्लिमहरुले दशैँ मनाउने गरेको पाइदैन । तर नाजिर आफूलाई दशैँ एकदमै मन पर्ने चाड भएको बताउँछन् । उनको परिवारमा दशैँ मनाउने चलन छैन । तरपनि उनी प्रत्येक बर्ष आफ्नो मामाघर गएर दशैँको टिका थाप्ने गर्छन् । अहिले देशभर नै दशैँको माहोल छाइरहेको हुँदा नाजिरले पनि आफूलाई निकै रमाइलो लागेको बताए । उनको समुदायमा दशैँ मुस्लिमले किन मनाएको भनेर धेरैले प्रश्न गर्ने गर्छन् तर नाजिर जसले जे भनेपनि दशैँ रमाइलोसँग मनाउने गर्छन् । नाजिर दशैँलाई सबैसँग भेटघाट र शुभकामना आदानप्रदान गर्ने ठूलो पर्व रहेको बताउँछन् ।

नेपाली चलचित्रका थोरै समयमा धेरै चर्चा कमाउन सफल नाजिरले सानोमा दशैँ मनाउदाँ छिमेकीको गाली खाने गर्थे तरपनि उनी हिन्दुधर्मको सम्मान गर्दै हरेक बर्ष दशैँ मनाउने गर्छन् । यसपालीको दशैँ नाजिरले आफ्नी दिदीहरुसँग काठमाडौँमा नै मनाएको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्