शिव परियारको नयाँ गीत सार्वजनिक, राहुल र एलिशा फिचरिङमा



०६ कार्तिक २०७५, काठमाडौँ

शिव परियार नेपालका निकै चर्चित गायक हुन् । उनले धेरै सुपरहिट गीतहरु गाइसकेका छन् । भर्खरै मात्र बजारमा शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ ।

इन्द्र नारायण चोङबाङ लिम्बुको शब्द र शिव परियारको संगीत रहेको अलि अलि बोलको गीतमा आवाज पनि शिव परियारकै रहेको छ । उक्त गीतमा पछिल्लो समयमा निकै चर्चामा आउन सफल डान्सर राहुल शाह र नेपालकी सुपरहिट नायिका तथा मोडल एलिशा शर्मालाई फिचरिङ गराईएको छ । राहुल र एलिशा दुवै निकै टप डान्सर हुन् । गीतलाई राहुल आफैँले कोयिोग्राफी गरेका हुन् । निकै डान्सिङ शैलीको गीतमा राहुल र एलिशाको दमदार नृत्य देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्