बाल गायक मनिष लिम्बु र मेलिना राईको पहिलो गीत सार्वजनिक



०६ कार्तिक २०७५, काठमाडौँ

युट्युबमा दिनानुदिन भाइरल बन्दै गएका मनिष लिम्बु सानै उमेरमा आफ्नो स्वरका कारण सबैको प्रिय बन्न सफल भएका छन् । आफूलाई मेलिना राईको फ्यान बताउने मनिष मेलिना राईको गीतहरु बढी सुन्ने बताउँछन् ।

मनिषको मेलिना राईसँग गीत गाउने सपना पुरा भएको छ । उनले पहिलो पटक गायिका मेलिना राईसँग गीत गाएका छन् । कल्पना आङबुहाङको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको ढिला जन्मेछु बोलको  गीतमा मेलिना राई र मनिष लिम्बुको आवाज रहेको छ । आफूलाई सबैभन्दा मन मर्ने गायिकासँग गीत गाउन पाउँदा मनिषले आफूलाई एकदमै खुसी लागेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्